नियम ३७
उपायको अवलम्बन गर्ने
: नेपाल सरकारले ऐनको दफा ४५ को उपदफा (४) बमोजिम अपाङ्गता भएका व्यक्तिले बिना भेदभाव अन्य व्यक्ति सरह समान रूपमा मर्यादित र प्रतिष्ठापूर्वक जीवनयापन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि देहायका उपायको अवलम्बन गर्नेछ :-
(क) अपाङ्गता भएका व्यक्तिका अधिकार र सेवा सुविधा सम्बन्धी कानूनी व्यवस्थाको विषयमा जनचेतना तथा कानूनी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ख) अपाङ्गता भएका व्यक्तिको हेरचाह, सशक्तीकरण तथा क्षमता विकासंको लागि आवश्यक तालीम सञ्चालन गर्ने, गराउने,
(ग) सरकारी वा सार्वजनिक सेवा प्रदान गर्ने निकाय तथा संस्थाको भौतिक संरचनाको निर्माणलाई अपाङ्गतामैत्री र पहुँचयुक्त बनाउन त्यस्ता निकाय तथा संस्थालाई निर्देशन दिने र सोको कार्यान्वयनको अनुगमन गर्ने, गराउने,
(घ) स्थानीय तहमा हुने विपद् व्यवस्थापन सम्बन्धी गतिविधिमा अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराउने र यसका लागि पूर्वतयारी, खोज तथा उद्वार, राहत र विपद् पश्चातका अवस्थामा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच सुनिश्चित गर्न आवश्यक तालीम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(ङ) विपद् पूर्व तयारीका चरणमा गरिने सामग्रीको भण्डारणमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई समेत मध्यनजर राखी त्यस्ता सामग्रीको छुट्टै सूची बनाई भण्डारण गर्ने व्यवस्था मिलाउने ।